गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, अमेरिका (NRNA NCC USA) को आगामी २०२५–२०२७ कार्यकालका लागि उपाध्यक्ष पदमा विजय कुमार चौधरीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
“स्वतन्त्र विचार, सक्षम नेतृत्व, सबल संस्था, जिम्मेवार व्यक्तित्व” भन्ने स्पष्ट र दृढ नारा सहित चौधरीले संगठनमा पारदर्शी, उत्तरदायी र सर्वसमावेशी नेतृत्वको प्रतिबद्धता जनाएका छन्।
चौधरीका अनुसार, एनआरएनएलाई बलियो र प्रभावकारी बनाउने मार्ग भनेको स्वतन्त्र सोच, अनुभवी नेतृत्व र जिम्मेवारीपूर्वक काम गर्ने कार्यसंस्कृति हो। उनले संगठनलाई मात्र होइन, सम्पूर्ण प्रवासी नेपाली समुदायलाई जोड्ने पुलको रूपमा आफूले काम गर्ने प्रतिज्ञा व्यक्त गरेका छन्।
आगामी अगस्ट १६ र १७ मा हुने निर्वाचनमा चौधरीलाई समुदायले उच्च समर्थन गर्ने विश्वास व्यक्त गर्दै उनका समर्थकहरूले अमेरिका भरिका नेपालीहरूलाई सक्रिय भोट हालेर संगठनको भविष्य सुनिश्चित गर्न आह्वान गरेका छन्।
विजय कुमार चौधरी — अनुभव, प्रतिबद्धता र कार्यशैलीको अद्वितीय संयोजनसहित एनआरएनए एनसीसी अमेरिकाको भावी नेतृत्वमा नयाँ ऊर्जा र दृष्टिकोण ल्याउने व्यक्तित्वको रूपमा चर्चामा छन्।