न्यूयोर्क । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिका २०२५–२०२७ कार्यकालका अध्यक्ष पदका उम्मेदवार सतेन्द्र शाहको समर्थनमा मत र उत्साह तीव्र रूपमा बढ्दो क्रममा छ। HB Tamrakar संगको विशेष संवादमा चर्चित टिप्पणीकार Prince Yubaraj Karki ले शाहको जित्ने सम्भावना “बलियो मात्र होइन, अत्यन्त प्रबल” भएको दाबी गरेका छन्।
कार्कीका अनुसार, सतेन्द्र शाहले विगत लामो समयदेखि अमेरिकास्थित नेपाली समुदायमा विश्वसनीय नेतृत्व, एकतामूलक दृष्टि र निस्वार्थ सेवाको उदाहरण प्रस्तुत गर्दै आएका छन्। उनले भने, “अबको एनआरएनए एनसीसी अमेरिकाको अध्यक्ष सतेन्द्र शाह नै हुनुपर्छ। उनीसँग संगठनलाई पारदर्शी, सक्रिय र सबल बनाउन आवश्यक योजना र दृढ संकल्प दुवै छ।”
यसैगरी, एनआरएनए एनसीसी अमेरिकाको आगामी निर्वाचनमा अन्य चर्चित उम्मेदवारहरूमध्ये महिला उपाध्यक्ष पदमा सुनिता खत्री, वरिष्ठ उपाध्यक्ष पदमा संतोष पहारी, उपाध्यक्ष पदमा विष्णु खत्री, कोषाध्यक्ष पदमा महेन्द्र बस्नेत र बोर्ड अफ डायरेक्टरमा बाबुराम काफ्लेले पनि उम्मेदवारी दिएका छन्।
समुदायभित्र हाल चुनावी माहोल निकै तातेको छ। समर्थकहरू सामाजिक सञ्जालदेखि प्रत्यक्ष भेटघाटसम्म उम्मेदवारको पक्षमा प्रचारमा सक्रिय छन्। सतेन्द्र शाहको टोलीले ‘एकीकृत र सक्षम एनआरएनए’ को नारासहित व्यापक जनसम्पर्क अभियान थालेको छ भने अन्य उम्मेदवारहरूले पनि आफ्नो दृष्टि र प्रतिबद्धता प्रस्तुत गर्दै प्रतिस्पर्धा गरिरहेका छन्।
आगामी कार्यकालका लागि नेतृत्व चयनको यो चुनावले अमेरिकास्थित नेपाली समुदायमा नयाँ दिशा र गति दिने अपेक्षा गरिएको छ।