जुलाई 27- कुबेतलाई आफ्नो कर्मथलो बनाउँदै समाजसेवामा सक्रिय रहनु भएका समाजसेवी दिपक योन्जनको सक्रियतामा सिन्धुपाल्चोक नपा–६, बारबिशे, सोताङ निवासी १४ वर्षीया डोल्मु तामाङ, जसको दुबै मिर्गौला फेल भइसकेको छ, उनको उपचारका लागि आर्थिक सहयोग संकलन गरिएको छ।
“समाजसेवी दिपक योन्जन”

दिपक योन्जनको २६ दिनको अभियानमा:
विदेशबाट रु ११,००,०००,
नेपालभित्रबाट रु ११,००,०००,
जम्मा गरेर रु २२,००,००० (बाइस लाख रुपैयाँ) बराबरको सहयोग रकम संकलन गर्न सफल भएको हो।
संकलित उक्त रकम वैदेशिक रोजगार उद्धार श्रमिक संघ, नेपालका अध्यक्ष बिशाल मोक्तानको हातबाट पीडित बालिका डोल्मु तामाङलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
📸 तलको तस्वीरमा सहयोग हस्तान्तरणको दृश्य हेर्न सकिन्छ, जहाँ बालिका डोल्मु तामाङ रकम ग्रहण गर्दैछिन्।

समाजसेवी दिपक योन्जनले यस पवित्र अभियानमा साथ दिई सहयोग गर्नु भएका सम्पूर्ण दाताहरू, मनकारी सहयोगी मनहरू र शुभेच्छुकहरूप्रति हार्दिक नमन प्रकट गर्दै यस्तो मानवीय सेवामा सबैको निरन्तर साथको अपेक्षा व्यक्त गरेका छन्।