बाँके, ५ जेठ २०८२ — बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल स्थानीय विकासको अभियानमा सक्रिय देखिएका छन्। नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष पौडेलले २०७९ सालको स्थानीय तह निर्वाचनमा जनमत प्राप्त गरी गाउँपालिकाको नेतृत्व सम्हालेका थिए।

पौडेलको नेतृत्वमा गाउँपालिकामा शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हुँदै आएको छ। स्थानीय तहको सशक्तिकरण र नागरिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन उनी निरन्तर प्रयासरत छन्।
गाउँपालिकाको सन्दर्भमा उनले भने, “स्थानीय तहलाई जनताको विश्वास जित्ने संरचना बनाउन हामी प्रतिबद्ध छौँ। विकासको हरेक पहल जनताको हितमा केन्द्रित हुनेछ।”
गाउँपालिकामा विभिन्न विकास परियोजनाहरू अगाडि बढाइएको छ, जसमा ग्रामीण सडक विस्तार, खानेपानी, आधारभूत स्वास्थ्य सेवा सुधार तथा महिला सशक्तिकरण कार्यक्रमहरू प्राथमिकतामा परेका छन्।
स्थानीय बासिन्दाहरूले अध्यक्ष पौडेलको कार्यशैली र प्रतिबद्धतालाई सकारात्मक रूपमा लिएका छन्। “पहिला सुन्नमा मात्र आउने योजना अब व्यवहारमा देखिन्छ,” वडानम्बर ४ का एक स्थानीय बासिन्दा भन्छन्। राप्ती सोनारी गाउँपालिका बाँके जिल्लाको एक महत्वपूर्ण पालिका हो, जहाँ थारु, मगर, दलित लगायत विभिन्न समुदायको बसोबास छ। सामाजिक समावेशीता र समुचित विकासलाई ध्यानमा राख्दै पौडेलले समावेशी योजना कार्यान्वयनमा जोड दिएका छन्।