काठमाडौं — नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय पहुँच पुर्याउने क्रममा अमेरिका विभिन्न सहरहरूमा दुई नेपाली फिल्म ‘परान’ र ‘मन बिना को धन’ प्रदर्शनको तयारी भएको छ। युवा व्यवसायी तथा समाजसेवी प्रिन्स युवराज कार्कीले सामाजिक सञ्जालमार्फत दिएको सूचनाअनुसार, यी दुबै चलचित्र हेर्न हजारौं दर्शक आतुर भएर प्रतीक्षा गरिरहेका छन्।
कार्कीका अनुसार, चलचित्र परान वर्तमान समयका सामाजिक तथा भावनात्मक पक्षलाई मार्मिक र हृदयस्पर्शी ढंगले प्रस्तुत गरिएको छ। उनले लेखेका छन्,
“परान ले परिवारको सम्बन्ध र मानवताका मूल्यलाई निकै प्रभावकारी ढंगले उठान गरेको छ। यो चलचित्रले दर्शकका मनमा गहिरो छाप छोड्नेछ भन्ने विश्वास छ।”
उता, ‘मन बिना को धन’ फिल्म चर्चित बाल गायक अशोक दर्जीको वास्तविक जीवन–संघर्षमा आधारित रहेको छ। टंक बुढाथोकीको संगीत रहेको यो फिल्ममा अशोक दर्जीको जीवनयात्रा, परिवारको सहयोग र उनको उदयको कथा समेटिएको छ।
कार्कीले फिल्मका बारेमा उत्सुकता प्रकट गर्दै भनेका छन्—
“अशोक दर्जीको संघर्ष र सफलताको कथा नयाँ पुस्ताका लागि प्रेरणादायी हुनेछ। म दुवै फिल्म हेर्न निकै उत्साहित छु।”
दुवै फिल्म अमेरिकामा नेपाली समुदायले भरपुर साथ दिने अनुमान गरिएको छ। निर्माण पक्षका अनुसार, फिल्महरूको प्रदर्शन मिती चाँडै सार्वजनिक गरिने छ।