सर्लाही ।“सानो उमेरमा साथ, सहयोग र प्रोत्साहन दिने मान्छेको गुन कहिल्यै विर्सिनु हुँदैन” भन्ने कुरा सफल युवा व्यवसायी, फिल्म निर्माता तथा समाजसेवी प्रिन्स युवराज कार्कीले आफ्नै जीवनमा व्यवहार गरेर देखाएका छन्।सर्लाहीको हरिवन नगरपालिका–८ निवासी प्रिन्स युवराज कार्कीले आफ्नो स्कुले जीवनमा कतिपय बेला आफु सग पैसा नहुदा पनि खाजा खुवाउने तथा फल फुल खुवाउने गरेका दुई सहयोगी व्यक्तिलाई विशेष कृतज्ञता स्वरुप सम्मान गरेका छन्।
उनले हरिवन नगरपालिका–११ निवासी तथा होटल व्यवसायी नथुनि शहनि लाइ सम्मान गरेका छन्। कार्की कक्षा ३, ४ मा अध्ययनरत रहँदा आफुलाइ पैसा हुदा होस या नहुदा पनि नथुनि शहनि ले खाजा दिने गरेको सम्झन्छन , कतिपय बेला पैसा नतिरे पनि वास्ता नगर्ने गर्थे। सानो बेला को त्यो गुन कार्कीले अहिले सम्म पनि नभुलेको र त्यो कुरा लाइ लियर अझैसम्म कृतज्ञतापूर्वक सम्झिने गरेको बताए।
त्यसैगरी कार्कीका स्कुल साथी दिपक अधिकारीलाई पनि उनले सम्झेका छन्। अधिकारी त्यतिबेला फलफूल व्यवसाय गर्थे र आफ्ना साथीहरुलाई फलफूल खुवाउने, खाजाको अभाव पुरा गर्ने गर्थे। अधिकारि ले कार्कि लाइ पनि अरु साथि लाइ जस्तै बेला बेला पैसा होस या नहोस फल फुल खुवाउने गरेको कुरा कार्कि अझै सम्झन्छन तर कार्कि लाइ भन्दा अन्य थुप्रै सहपाठि लाइ आफुले धेरै गुन लगाए पनि ति साथि हरुले कहिल्य आफु लाइ नसम्झेको मा उनले गुनाशो पनि पोखे बरु किनकि कार्कि स्कुल मा अधिकारि भन्दा एक कक्षा सिनियर भएता पनि दुबै को राम्रो दोस्ति थियो तर अधिकारि भन्छन, आफुले अन्य सहपाठि जस्तो त्यति धेरै फल फुल कार्कि लाइ नखुवाएता पनि कार्कि ले अहिले सम्म पनि ति दिन हरु सम्झेकोमा भने अधिकारि खुशि देखिए। उनि सम्झिन्छन, कार्कि आफु भन्दा एक कक्षा सिनियर भएकोले अधिकारि लाइ कसैले स्कुल मा हप्कायो या हेप्यो भने कार्कि, अधिकारि को बचाब मा लागि हाल्थिय जुन कुरा अधिकारि अहिले पनि सम्झन्छन।
उनि भन्छन कार्कि अलि साहसि स्वभाब भएका तथा सानै देखि महा नायक राजेश हमाल को ठुलो फ्यान भएकोले उनि आफ्नो जिउ ज्यान बनाउन निकै मेहनत गर्थिए तसर्थ उनको शरिर अलि खदिलो कसिलो खाल को थियो भन्दै हास्दै बिगत लाइ सम्झिए दिपक ले।हाल अधिकारी सर्लाहीकै एक विद्यालयमा शिक्षक छन।
अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका कार्की अहिले सम्पन्न युवा व्यवसायी, चलचित्र निर्माता तथा समाजसेवीका रूपमा परिचित छन्। सफलताको उच्च शिखरमा पुगेका कार्कीले आफ्नो विगत र साथ दिने साथीहरुलाई विर्सिन नखोज्नु नै उनको महानता भएको उनि लगायत अन्य हरिवनबाशि हरु पनि बताउछन।
स्मृतिपूर्ण यो अवसरमा कार्कीले आफ्ना पुराना सहयोगीहरुलाई सामग्री सहयोग पठाउनुका साथै हरिवनस्थित उत्कृष्ट होटलमा इच्छाअनुसार खानेकुराको व्यवस्था पनि गराए। कार्यक्रमलाई चूडामणि वाग्लेले र राधा कृश्ण प्याकुरेल ले आ आफ्नो फेसबुकमा साझेदारी गर्दै प्रिन्स युवराज कार्कीको खुलेर प्रशंसा गरेका छन्। कार्कि ले यि आफ्ना बाल्यकाल का सहयोगि हरु लाइ सर्लाहि हरिवन नगरपालिका-११ का वडा अधक्ष्य सेख महबुब, सर्लाहि का युवा नेता चुडामनि वाग्ले, सन्चारकर्मि सन्जु कर्ण, अनिल हमाल, निरज खडका तथा राधा कृश्ण प्याकुरेल को उपस्थिति मा उहा हरु दुबै लाइ उहाहरुको रोजाइ को कपडा तथा स्थानिय स्तर मा भएको मध्य सबै भन्दा राम्रो होटेल मा लगेर उहाहरु चाहाना अनुशार को मिस्ठान भोजन गराउनु भएको थियो।
कार्कीले भने, “मलाई सानो उमेरमा कसैले साथ र प्रोत्साहन दिएको सम्झना अझै ताजा छ। त्यसैले जीवनमा जहाँ पुगे पनि आफ्नो धरातल र सहयोगीलाई विर्सिनु हुँदैन भन्ने विश्वासमा म मा अहिले पनि कायमै छ। कसैले आफु लाइ सानो सहयोग गरे, तेस्को ऋण जसरि पनि तिर्ने गरेको उनि सुनाउछन। जिवन मा हर कोहि लाइ कुनै न कुनै रुपमा सानो होस या ठुलो, कसै न कसैले सहयोग गरेकै हुन्छ। म त चाहन्छु जो जसले त्यो किसिम को स सानो या ठुलो सहयोग पाए ति सबै ले एसरि नै गुन तिर्ने काम गर्ने हो भने हाम्रो समाज साच्चै धेरै सुन्दर हुने थियो ।समाजसेवी वृत्तका अनुसार, कार्कीको यो कदमले कृतज्ञता र मानवीयता कस्तो हुनुपर्छ भन्ने एउटा प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।