काठमाडौं – सामाजिक सेवा र मानवीय कार्यमा समर्पित नयाँ संस्था ‘Lions Club of Kathmandu Purnayu’ गठन गरिएको छ। क्लबको संरचना हालै सार्वजनिक गरिँदै डा. लक्ष्मण पौडेलको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति चयन गरिएको हो।

क्लबको उपाध्यक्ष (1st VP) पदमा परशुराम चौहान (प्रलाद), 2nd VP मा एलिना चौहान, सचिवमा बिबेक उपाध्याय, कोषाध्यक्षमा युवराज चौहान चयन भएका छन्। क्लबका Club Membership Chairperson लोकेन्द्र प्रसाद चापागाईं र Club LCIF Coordinator मा सुनीलकुमार सिंह रहेका छन्।

क्लबले सामाजिक, स्वास्थ्य र मानवीय सेवामा योगदान पुर्याउने उद्देश्य राखेको छ। Club Service Chairperson डा. रक्षा भट्टराई, Club Marketing Communications Chairperson सुशील चौहान लगायत क्लबका अन्य सदस्यहरूले विभिन्न सामाजिक अभियान र सेवा कार्यक्रमहरू संचालन गर्ने लक्ष्य लिएका छन्।

युवा लक्षित कार्यक्रम, वातावरण संरक्षण, लैङ्गिक समानता, बालरोग उपचार, भोकमरी न्यूनीकरण, र विपद् व्यवस्थापनमा क्लब सक्रिय रहने प्रतिबद्धता जनाएको छ। क्लबका Program Coordinators मा डा. प्रज्ञा पौडेल (Diabetes), डा. रुपेश बनिया (Disaster Relief), नवराज सुवेदी (Humanitarian Service), महेन्द्र राज बज्राचार्य (Youth), डा. सम्झना सुवेदी (Childhood Cancer) र अनिता थापा (Gender Equality) रहेका छन्।

‘Lions Club of Kathmandu Purnayu’ को स्थापना नेपालको सामाजिक उत्थानमा उल्लेखनीय योगदान दिने विश्वास गरिएको छ। क्लबले छिट्टै आफ्ना कार्यक्रमहरू सार्वजनिक गर्दै सामाजिक जिम्मेवारीमा थप गहिरो संलग्नता जनाउने जनाएको छ।