काठमाडौं, ४ साउन।देशका अग्रगामी राजनीतिक विचारधाराका प्रतिनिधि दुई नेताबीच आज एक महत्वपूर्ण भेटघाट सम्पन्न भएको छ। सिन्धुलीको मारिण गाउँपालिकाका अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) का युवा नेता बिमर्श मोक्तान र नेपाली कांग्रेसकी महासमिति सदस्य तथा रुकुम पश्चिमकी प्रभावशाली नेतृ सरिता बुढाथोकीबीचको यो संवाद नेपालको राजनीतिक र सामाजिक समन्वयमा सकारात्मक सन्देशको रूपमा हेरिएको छ।
उक्त भेटघाट नेपालका लोकप्रिय, दूरदर्शी र जनमुखी नेताका रूपमा चिनिने माननीय डा. सुनिल शर्माको सक्रिय पहल र उपस्थितिमा सम्पन्न भएको हो। डा. शर्मा न केवल नेपाली कांग्रेसका केन्द्रीय नेता हुन्, उनी स्वास्थ्य सेवा क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने अभियन्ताका रूपमा समेत चिनिन्छन्। समाजका विपन्न र गरिब वर्गको जीवनमा स्वास्थ्यको उज्यालो फैलाउन उनले नोवेल अस्पताल, काठमाडौं मेडिकल कलेज (KMC) लगायतका प्रतिष्ठित संस्थाहरू मार्फत निःशुल्क उपचारको अभियानलाई निरन्तरता दिँदै आएका छन्।
नेता मोक्तान र नेतृ बुढाथोकीबीचको यो संवादले बहुपक्षीय सहकार्य, स्थानीय विकास, सामाजिक समावेशिता र स्वास्थ्य तथा शिक्षा जस्ता आधारभूत अधिकारप्रति जोड दिएको छ।
उक्त अवसरमा डा. शर्माले मुलुकको दिगो विकास, सामाजिक न्याय र जनकल्याणका विषयमा आफ्नो स्पष्ट दृष्टिकोण प्रस्तुत गर्दै भने, “राजनीति केवल सत्ता प्राप्तिको साधन होइन, सेवा र समर्पणको माध्यम हो। जब देशभरका नेताहरू बीच संवाद, सहकार्य र समझदारी हुन्छ, तब मात्र समृद्धिको मार्ग प्रशस्त हुन्छ।”
सार्वजनिक जीवनमा विशुद्ध सेवाभाव बोकेका डा. शर्मा, आज लाखौं नेपालीका मनका नेता बनिरहेका छन्। विपन्न वर्गको सेवामा समर्पित उनको चिकित्सा अभियान, राष्ट्रभक्तिका साथ जनताको जीवनस्तरमा रुपान्तरण ल्याउने संकल्प र सबै राजनीतिक दलसँग समन्वय गर्दै राष्ट्रिय एकता सुदृढ पार्ने भूमिकाले उनलाई नेपाली राजनीति र समाजको साझा सम्पत्तिका रूपमा उभ्याएको छ।
भेटमा देशको वर्तमान राजनीतिक अवस्था, स्थानीय तहमा भइरहेको कामको प्रभावकारिता, महिला सशक्तीकरण, युवा नेतृत्वको भूमिका र आगामी योजनाका विषयमा गहन छलफल भएको बताइएको छ।
यस्तो समन्वय, भेटघाट र संवादको संस्कृति डा. सुनिल शर्माको नेतृत्वमा भविष्यमा पनि निरन्तरता पाउने अपेक्षा गरिँदैछ, जसले राजनीतिक सहकार्यको नयाँ युग सुरु गर्नेछ।