गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको २०२५–२०२७ कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका विष्णु खत्रीलाई समुदायले असाधारण विश्वास र आशा व्यक्त गरेको छ।
२०७९–२०८१ (2023–2025) को कार्यकालमा RCC (Regional Coordination Council) का अध्यक्षको रूपमा उनले देखाएको नेतृत्व, निष्ठा र कार्यक्षमताले अमेरिकाभरको नेपाली डायस्पोरालाई गर्व दिलाएको थियो। कार्यक्रमको सुव्यवस्था, सदस्यता विस्तार, आपतकालीन सहयोग, र नेपाली संस्कृतिको संरक्षणमा खत्रीको भूमिकालाई समुदाय अझै उदाहरणको रूपमा प्रस्तुत गर्छ।
“अगजलाई सम्मान, युवालाई मतदान” — यही नारासहित उनले यसपटकको चुनावी यात्रा प्रारम्भ गरेका छन्। यो केवल प्रचारको वाक्य मात्र होइन, समुदायमा पुस्तागत अनुभव र जोशलाई एकसाथ अगाडि बढाउने उनको गहिरो दृष्टिकोण हो।
पश्चिमी क्षेत्रीय संयोजकको भूमिकामा रहँदा उनले क्यालिफोर्नियादेखि वासिङ्टनसम्मका राज्यहरूमा नेपाली समुदायलाई एउटै भावनामा बाँध्ने कार्य गरेका थिए। कुनै आपत्कालमा तत्काल सहयोग, प्रतिभाशाली युवालाई अगाडि ल्याउने पहल, र आर्थिक पारदर्शितामा कठोर अडान—यी सबै कारणले उनी समुदायमा “विश्वासको अर्को नाम” बनेका छन्।
समुदायका वरिष्ठ नेता, व्यवसायी, र युवा अभियन्ताहरूले खुलेर उनको अभियानको प्रशंसा गर्दै आएका छन्। अमेरिकामा मात्रै होइन, नेपालसम्मबाट पनि उनलाई समर्थनको संदेश आइरहेका छन्।
चुनावी मैदानमा खत्रीको उपस्थिति मात्रले वातावरणलाई ऊर्जावान बनाएको छ। उनले चुनावी सभाहरूमा बारम्बार भनेका छन्—“एनआरएनए हाम्रो साझा परिवार हो। यसलाई सबल, पारदर्शी र जिम्मेवार बनाउने मेरो प्रतिज्ञा छ।”
अगस्ट १६ र १७ मा हुने निर्वाचनमा विष्णु खत्रीलाई मत दिनेहरूसँग केवल भविष्यको आशा मात्र छैन—छिट्टै व्यवहारमा परिणत हुने सुनिश्चितता पनि छ।यो अभियान केवल पदको लागि होइन, एनआरएनए अमेरिकामा नयाँ युगको प्रारम्भको लागि हो।