गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको २०२५–२०२७ कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका विजय चौधरीले आफ्नो चुनावी अभियानलाई अन्तिम चरणमा तीव्र बनाएका छन्।
“स्वतन्त्र विचार, सक्षम नेतृत्व — सबल संस्था, जिम्मेवार व्यक्तित्व” भन्ने नारासहित चौधरीले आगामी अगस्ट १६ र १७ मा हुने निर्वाचनलाई लक्षित गर्दै समुदायमा व्यापक सम्पर्क र भेटघाट कार्यक्रम सञ्चालन गरिरहेका छन्।
विजय चौधरी, जो नेपाली डायस्पोरामा सामाजिक सेवा, संस्थागत विकास र पारदर्शी नेतृत्वको पहिचानका साथ स्थापित छन्, उनी समुदायको आवाजलाई संस्थागत नीतिमा रूपान्तरण गर्न सक्षम उम्मेदवारका रूपमा प्रस्तुत भइरहेका छन्। क्यालिफोर्नियादेखि अमेरिकाका विभिन्न राज्यहरूमा रहेका नेपाली समुदायका अगुवाहरूले उनको दृष्टि, योजना र निष्कलंक छविको प्रशंसा गरेका छन्।
उनको प्रचार पोस्टरमा उल्लेख गरिएझैं, “7 DAYS TO ELECT FOR CHANGE” भन्ने सन्देशले परिवर्तन चाहने समुदायका सदस्यलाई सक्रिय मताधिकार प्रयोग गर्न प्रेरित गरिरहेको छ।
चौधरीले आफ्नो सन्देशमा भनेका छन्— “एनआरएनएलाई सबल, पारदर्शी र सबैको संस्था बनाउन म आफ्नो सम्पूर्ण अनुभव, समय र क्षमता अर्पण गर्नेछु।”
निर्वाचन नजिकिँदै जाँदा उनको अभियानले पाएको जनसमर्थन र उर्जा हेर्दा, यसपटक एनआरएनए अमेरिकाको नेतृत्वमा नयाँ सोच र कार्यशैली प्रवेश गर्ने अपेक्षा समुदायमा देखिएको छ।