काठमाडौं । समाजसेवी यम तमुले हिन्दूहरूको महान चाड विजयादशमी २०८२ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देशमा उनले विजयादशमीलाई सत्यको असत्यमाथि विजय र न्यायको अन्यायमाथि जितको प्रतीकका रूपमा चित्रण गर्दै, यस पर्वले सबै नेपालीबीच आपसी एकता, मेलमिलाप र सद्भावना अभिवृद्धि होस् भन्ने कामना व्यक्त गरेका छन्।
समाजसेवामा लामो समयदेखि सक्रिय यम तमुले विगतका वर्षहरूमा शिक्षा, स्वास्थ्य र विपद् पीडित राहतमा महत्वपूर्ण योगदान गर्दै आएका छन्। उनले विशेषगरी बाढीपहिरो, भूकम्प र कोभिड–१९ महामारीका कठिन समयमा राहत सामग्री वितरण, पीडितलाई उद्धार तथा सहयोगको पहल गरेका थिए। साथै, गाउँ–गाउँमा शिक्षा प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै गरीब विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गर्ने अभियान निरन्तरता दिइरहेका छन्।
त्यसैगरी, स्वास्थ्य क्षेत्रमा पनि उनले रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर र बिरामीलाई आर्थिक सहयोगजस्ता काम गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएका छन्। समाजमा सकारात्मक सोच फैलाउन र युवाहरूलाई सामाजिक कामप्रति आकर्षित गर्न उनले निरन्तर अभियान चलाउँदै आएका छन्।
यम तमुले शुभकामना सन्देशमार्फत भनाइ दिएका छन्, “विजयादशमीले हाम्रो मनमा दया, करुणा र परोपकारको भावना जागोस्, मुलुकमा शान्ति र समृद्धि छाओस्, र नेपालीहरूको घर–घरमा खुशी र उन्नति कायम रहोस्।”