काठमाडौं । राजधानीमा शनिबार साँझ एक विशेष पारिवारिक समारोहलाई भव्य रुपले आयोजना गरिएको थियो। अवसर थियो — एचबी ताम्राकार र यशोदा ताम्राकारका कोखबाट जन्मिएका प्रिय छोरा, नाति, र सम्पूर्ण परिवारको खुशीको धरोहर युवराज “युबी” ताम्राकारको पहिलो जन्मोत्सव।

कोटेश्वर–भाटभटेनी छेउको आकर्षक र आधुनिक “बावर्ची क्याफे एण्ड रेस्टुरेन्ट” को भव्य हलमा सम्पन्न उक्त कार्यक्रम साँच्चिकै अविस्मरणीय रह्यो। नाति जन्मिएको एक वर्ष पूरा भएको दिनलाई परिवारले मात्र होइन, समाजका चर्चित व्यक्तित्वहरूले समेत असाधारण बनाइदिए।

कार्यक्रममा नेपाल प्रहरी काठमाडौं परिसर प्रमुख एसएसपी विश्व अधिकारी, नेपाली कांग्रेसका वरिष्ठ नेता, संविधान सभा सदस्य तथा लोकप्रिय व्यक्तित्व जगदीश्वर नरसिंह केसी लगायतका अतिथिहरूको उपस्थितिले जन्मोत्सवलाई राष्ट्रियस्तरको महत्व दिएको अनुभूति भयो।

त्यस्तै, इमाडोलकै नमूना विद्यालयका भाइस प्रिन्सिपल भुवन घिमिरे र विद्यालय परिवार, सम्मानित प्रहरी मित्रहरूको सहभागिता, विभिन्न राजनीतिक दलका नेता, सामाजिक अभियन्ता तथा व्यवसायीहरूको उपस्थितिले वातावरणलाई झनै गौरवशाली बनायो।
Screenshot
कार्यक्रममा रास्वपा नेता ले श्री तामाङ परिवारसहित, युवा व्यवसायी पुजा श्रेष्ठ, स्वतन्त्रता युवा अभियन्ता बसन्त खत्री परिवारसहित, सामाजिक अभियन्ता शोम शर्मा, अमेरिका, बेलायत लगायत विश्वका कुनाकापचिबाट मायाको उपहार पठाउने प्रतिभा पुरी, विजय चौधरी, राजसान्ति सुनार लगायत शुभेच्छुकहरूको योगदानले युबीको जन्मदिनलाई अन्तर्राष्ट्रिय स्पर्श दिएको छ।

भव्य समारोहलाई अझै रंगिन बनाउन सघाउने जेरी, पुजा, सुमन, मनोज, आशीष, राजेन्द्र, निसान, सुमन श्रेष्ठ लगायत साथीहरूलाई परिवारले विशेष आभार प्रकट गरेको छ।

उक्त दिनको प्रत्येक क्षणलाई जीवन्त र ऐतिहासिक बनाउन उत्कृष्ट फोटो/भिडियो क्याप्चर गर्ने कुल बहादुर ओलीलाई विशेष धन्यवाद दिइएको छ।

त्यसैगरी, आकर्षक अतिथ्य र व्यवस्थापनका लागि “बावर्ची क्याफे एण्ड रेस्टुरेन्ट” का प्रमुख उपेन्द्र खड्का र उनकी सम्पूर्ण टिमलाई ताम्राकार परिवारले हृदयदेखि नमन गरेको छ।
यस अवसरमा एचबी ताम्राकार र यशोदा ताम्राकारले भावुक हुँदै भने —
“मेरो छोरा युबीको जन्मदिन भव्य बनाउन सहयोग गर्नुहुने सबै महानुभावप्रति हृदयदेखि नै आभारी छौं। युबीलाई दिएको मायाले हाम्रो जीवन उज्यालो बनाइदिएको छ।”
नेपाल मात्र होइन, विश्वभरबाट शुभकामना र आशीर्वाद वर्षाउने प्रियजनहरूलाई समेत परिवारले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

यो जन्मोत्सव केवल पारिवारिक खुशी मात्र नभई, सामाजिक एकता, मित्रता, र प्रेमको अद्वितीय प्रदर्शनका रुपमा इतिहासमा अंकित हुनेछ।
